काठमाडौं । समर निरौलाको डेव्यु निर्देशकिय फिल्म ‘ममी’को पहिलो गीत ‘म त यसै नक्कली’ सार्वजनिक गरिएको छ । एसडी योगीको संगीत रहेको गीतमा हर्क साउदको शब्द तथा रिकेश गुरुङले एरेञ्ज गरेका हुन् ।

समीक्षा अधिकारी र विज्ञानी पराजुलीको स्वर रहेको गीतको भिडियोमा फिल्मका दुई मुख्य अभिनेत्री प्रियंका कार्की र दीया मास्केको अभिनय छ । विक्रम स्वाँरको कोरियोग्राफी रहेको गीतमा निशाल पौडेलको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ ।

OM Sai Pathibhara Hospital

हरर फ्यामिली ड्रामा ‘ममी’ले परिवारको प्रिय कुकुरको दुखद् निधन पश्चात छोरीले घरमा कालो बिरालो पाल्न थालेपछि सिलसिलेवार ढंगले परिवारमा निम्तिने काला विपत्तिको श्रृंखला र त्यसले विगठन उन्मुख हुन थालेको परिवारको कथा पेस गर्छ ।

माघ २५ गते रिलिज हुने फिल्ममा प्रियंका कार्की, दीया मास्के, सुलक्षण भारतीको मुख्य भूमिका रहेको छ । फिल्ममा उनीहरुका अलावा समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गीत विष्टलगायतका कलाकारहरूको अभिनय रहेको छ ।

सो ट्वान्टी फाइभको प्रस्तुतिमा निर्माण भएको फिल्ममा समर निरौला र पूर्णिमा जोशीको लेखन रहेको छ । फिल्मका निर्माता लोकराज जोशी तथा पूर्णिमा जोशी हुन भने कार्यकारी निर्मातामा सुमन कोइराला रहेका छन् ।

‘ममी’को छायाँकन निशाल पौडेल र शरद महतोले संयूक्त रुपमा गरेका हुन् भने सम्पादन सुरेन महर्जनको रहेको छ । यसैगरी पाश्र्व ध्वनीमा रोहित शाक्य, साउन्ड डिजाईनमा श्रवल आरपी, रंग संयोजनमा दिपेश चौधरी तथा संगीतकारमा एसडी योगी रहेका छन् ।

फिल्मलाई काठमाडौं उपत्यकामा काफिया फिल्मस् र मोफसलमा कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दैछन् ।