काठमाण्डौ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले ५० औं दिक्षान्त समारोहको तयारी गरिरहेको छ । यही पुस १३ गते( दिसम्बर२८ )हुने दिक्षान्त समारोहका लागि आवेदन दिएका विद्यार्थीहरु आवश्यक पर्ने गाउन, स्कार्फ र टोपीको जोहो गर्न व्यस्त छन् ।
सेमेस्टर तथा वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक, स्नातकोत्तर तह तथा एमफिल तह उत्तीर्ण गरी ट्रान्स्कृप्ट लिएका विद्यार्थीहरूले आवेदन फाराम भरेका आधारमा पोशाकको जोहो गरिरहेका छन् ।
यसै सिलसिलामा सँगै दिक्षित हुने तयारीमा रहेका आमा र छोराले खुशी साटेका छन् ।उमेरले ५० नाघेकी लक्ष्मी पौडेल क्षेत्री(सिलवाल)र छोरा अभिनव सिलवाल एकसाथ दिक्षित हुने तयारी गरिरहेको सुनाए । ‘