काठमाण्डौ । श्रीमानसँग सम्बन्ध बिग्रिएको बारे गायिका एलिना चौहानले भनिन्, ‘अडियन्सहरुले यत्रो लामो समय किन टाढा बसेको भनेर चिन्ता व्यक्त गर्नुभएको होला। तर, आआफ्नो बाध्यता र काम हुन्छ नि! मैले पनि काम छोडेर चटक्कै उता जान सक्दिनँ। उहाँले पनि मेरो लागि अष्ट्रेलियाको त्यत्रो बिजनेस छोडर आउछु भन्न सक्नुहुन्न। अब मिलाएर हामीले गरिरहेका थियौं। जुन बिहेगर्नुअघि नै सल्लाह गरेका थियौँ।’
दुइरचार महिना टाढा हुँदैमा सम्बन्ध बिग्रिएको समाचार बनाउन नहुने उनको भनाइ थियो। साथै उनले मनको शान्तिको लागि ओशो गएको बताउँदै श्रीमानसँग राम्रो सम्बन्ध रहेको दाबी गरिन्।