बेलबारी   ।  मोरङको बेलबारी २ मा रहेको शिक्षा सन्देश अंग्रेजी विद्यालयले आफ्नो नविनतम ‘बुक फ्री फ्राइडे’ कार्यक्रम अन्तर्गत विविध रोचक गतिविधिहरूको आयोजना गर्दै विद्यार्थी र समुदायलाई शिक्षाको नयाँ आयाममा आकर्षित गर्न थालेको छ । 

सोही अबसरमा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूले तीन स्तरमा विभाजन गरी वक्तृत्वकला प्रतियोगिताको फाइनल राउन्डमा सहभागीता जनाएका छन ।  प्रतियोगिताबाट हरेक समूहमा पहिलो, दोस्रो र तेस्रो स्थान जित्ने विजेताहरू छनोट गरिए। विद्यार्थीहरूले आफ्नो आत्मविश्वास र सिर्जनात्मकता प्रदर्शन गर्दै उत्कृष्ट क्षमताहरू देखाएका छन ।

OM Sai Pathibhara Hospital

सिङ्गिङ र डान्सिङ आइडल प्रतियोगिताको दोस्रो चरण पनि निकै रोचक रह्यो। विभिन्न कक्षाका विद्यार्थीहरूले आफ्नो नृत्य र गायन प्रतिभा प्रदर्शन गर्दै फाइनलतर्फ अघि बढे। प्लेग्रुपदेखि युकेजी सम्मका साना विद्यार्थीहरूका  लागि खेलमा आधारित गतिविधि सञ्चालन गरिएको थियो । विद्यार्थी, अभिभावक र समुदायका लागि सुविधा डेन्टल क्लिनिक बेलबारी ३ को सहकार्यमा दन्त स्वास्थ्य शिविर आयोजना गरिएको छ । 

 यसैबिच कक्षा १२ का  २३० जना विद्यार्थीहरूका लागि ‘भिजनलाइजिङ सक्सेस’ र ‘पोजिटिभ माइण्डसेट’ शीर्षकमा प्रेरणादायक तालिम सञ्चालन गरियो। एस्पायर्ड कलेजका क्याम्पस प्रमुख चिन्तामणि बस्नेतले नेतृत्व गरेको यो तालिमले विद्यार्थीहरूको व्यक्तिगत विकास र शैक्षिक लक्ष्यप्राप्तिमा महत्वपूर्ण योगदान पुर्‍याएको बिद्यालयका प्रिन्सिपल राजेश खत्रीले बताए । 

शिक्षा सन्देशले शैक्षिक गुणस्तरलाई मात्र नभएरु विद्यार्थी र समुदायको समग्र विकासमा पनि निरन्तर योगदान गर्दै आएको बिद्यालयका प्रिन्सिपल भुपाल बस्नेत बताउँछन ।