कपिलवस्तु  ।   स्थायी घर कपिलवस्तु भई फुटबल खेल्न मोफसलका अधिकांश जिल्ला पुगेका र खासगरी रुपन्देही, कपिलवस्तु, नवलपरासी, चितवन लगायतका जिल्लामा आफूलाई चिनाएका युवा फुटबल खेलाडी निशान न्यौपानेको दुर्घट्नामा परि निधन भएको छ ।

निकटका स्रोतका अनुसार उनको स्कुटर दुर्घटना परि २२ वर्षको उमेर मै निधन भएको हो । दुर्घट्नामा परेपछि उनलाई उपचारका लागि अस्पताल लग्दा मृत्यु भएको बताइएको छ ।

OM Sai Pathibhara Hospital

बुटवलमा रहेको एन्फा एकेडेमीको उत्पादन समेत रहेका निशानले लामो समय एकेडेमी मै रहेर पनि फुटबल खेलेका थिए । रुपन्देही लगायत आसपासका जिल्लाहरुमा नियमित फुटबल खेल्दै आएका उनले हालै रुपन्देहीमा सम्पन्न तेस्रो समपर्ण कपको फाइनल समेत खेलेका थिए ।