OM Sai Pathibhara Hospital

कहिले अतीतका  सपनाहरुबाट

कैयन मनले नै चयन गरी रहन्थ्यें, 


कहिले म  अन्तरको  इच्छाहरुले

सुत्रहरुको च्यादर बुनी नै रहन्थ्यें, 


कहिले  अनेकानेक  घटनाहरुको

जंजाल मैं म त अल्झि नै रहन्थ्यें, 


कहिले अरण्यको  बाटो  देखाएर

शितल  बतास बनी  बगी रहन्थ्यें, 


प्रेयसीका आंँखाहरु  केन्द्रित हुन्थे

पल्लवहरु अंकुर हुँदा  हाँगाहरुमा, 


झर्न थाले ती ओइलाएका फूलहरु

परिवर्तन होला अब  वातावरणमा, 


भरोसाका भंग भए सबै सपनाहरु

क्षण मैं छुटे नाता सम्बन्ध आफ्ना, 


जीर्ण भए जर्जर मनका नजरहरु

जब केन्द्रीत  थिए  कठिन पथमा, 


फेरि सजाउन थालें तीनै सपनाहरु

जहाँ अन्तरले भरोसा गरी रहन्थ्यें, 


कहिले  अतीतका   सपनाहरुबाट

कैयन मनले नै चयन गरी  रहन्थ्यें।।