काठमाडौं— नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजले विजयी सुरुवात गरेको छ। सोमबार टीयू क्रिकेट मैदानमा चितवनले काठमाडौंलाई ५ विकेटले पराजित गरेको हो।

काडमाडौंले दिएको ११२ रनको लक्ष्य चितवनले १७ ओभर खेल्दै ५ विकेट गुमाएर पूरा गरेको हो ।

OM Sai Pathibhara Hospital

चितवनक लागि सन्तोष कार्कीले अविजित रहँदै सर्वाधिक २८ रन बनाए । सन्तोषले ३१ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरे । लुक बेन्केन्सटेइनले २२ रन योगदान गरे । शरद भेषावकर ११ रनमा अविजित रहे ।

काठमाडौंका लागि शाहब आलमले ३ विकेट लिएपनि चितवनलाई जितबाट रोक्न पर्याप्त भएन ।

त्यसअघि सोहेन तनविरले ५ विकेट लिएपछि टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डुले २० ओभरमा ९ विकेट गुमाएर १११ रन बनाएको थियो ।

काठमाडौंका सुमित महर्जनले २९ र माइकल लेभिटले २५ रन बनाएका थिए । चितवनका सोहेल तनविरले ४ ओभरमा २१ रन खर्चेर ५ विकेट लिएका थिए ।

आजै हुने अर्को खेल जनकपुर बोल्ट्स र कर्णाली याक्सबिच हुनेछ ।