मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):-आयआर्जन बढ्नेछ। जमिन सम्बन्धी लेनदेनमा अगाडी बढ्दा राम्रो छ। व्यापार व्यवसायमा उन्नति हुनेछ।बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने दिन छ । समयको सदुपयोग गर्ने तथा समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला । अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन् । सहयोगीहरूले काममा सहयोगको तत्परता देखाउने योग छ । प्रेमभाव बढ्नेछ भने मिष्ठान्न भोजनको अवसर जुर्ला । अनुकूलता वृद्धि हुनेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):- दिन सामान्य छ। शिक्षामा गरेको श्रमलगानीबाट फाइदा हुनेछ। प्रेममा सफलता मिल्नेछ।सानातिना काम र घरेलु समस्यामा अल्झनुपरे पनि लगनशीलताले राम्रै उपलब्धि दिलाउने समय छ । आश मारेको कुरा पुनः प्राप्त हुन सक्छ । समय लागे पनि काम सम्पादन हुनेछन् । काममा परिवारजनको सहयोग जुटाउने प्रयास गर्नु उचित हुनेछ । मान वृद्धि होला । यात्रापरक काम बन्नाले मन उत्साहित रहला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह):- झुठा आरोप लाग्नसक्छ। आफूले गरेको काममा भने सन्तोष मिल्नेछ। काम गर्दा विवेक पुर्याउनुपर्ने देखिन्छ।आजको दिन व्यस्तता बढ्नेछ र केही चुनौतीको सामना गर्नुपर्ला । सबल स्वास्थ्यका लागि आफ्नो विशेष ख्याल गर्नु उचित होला । व्यापार-व्यवसायमा लाभ हुनेछ भने व्यावसाय विस्तारका लागि यात्रा पनि हुन सक्छ । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुने योग छ, विवेकले काम लिने प्रयत्न गर्नुहोला । शत्रुमाथि विजय प्राप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):- नसोचेको सम्पत्ति आम्दानी हुनेछ। शत्रु पराजित हुनेछन्। पुरानो रोगबाट मुक्ति मिल्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट उन्नति हुनेछ।प्रेमको बन्धन कसिने तथा दाम्पत्य सम्बन्धमा रमाउने समय छ । दिन मनोरञ्जनपूर्ण रहला । सोख पूर्तिका लागि खर्च बढ्ने योग छ । सबल स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । आलस्यले गर्दा अवसर गुम्न सक्छ, सचेत रहनुहोला । साथीभाइको सहयोग प्राप्त हुनेछ । रोकिएको काम बन्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):- रोगबाट मुक्ति मिल्नेछ। साथीभाइबाट सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। राजनीतिमा संगठन बलियो बन्नेछ।आम्दानी बढ्ने तथा बिनाप्रतिस्पर्धा फाइदा हुने समय छ । कतै आतिथ्यपूर्ण सम्मान पाइएला । अरूको भर पर्दा काम रोकिन सक्छ । हिम्मतको कमीले योजना कार्यान्वयन नहुन सक्ने योग रहेकोले स्वयममा आत्मविश्वास जगाइ अघि बढ्नु उचित हुनेछ । आरोग्यता रहनेछ । रसरागको क्रियाकलापमा आकर्षण बढ्नेछ । रचनात्मक तथा कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुखशान्ति वृद्धि हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):- रोगको प्रकोप बढ्नेछ। खर्च पनि धेरै हुनेछ। प्रतिस्पर्धी सक्रिय छन्। अरु क्षेत्र सामान्य रहेपनि दाम्पत्य जीवन धेरै राम्रो छ। अनुकूल समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् भने रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिएला । शत्रुहरू किनारा लाग्नेछन्, प्रतिस्पर्धामा विजयी भइनेछ । कृषि एवम् अचल सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिने दिन छ । यात्रागत कार्यमा सफलता प्राप्त गर्नुहुनेछ । समस्याको समाधान मिल्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते):- समस्यामा परिनेछ। शिक्षाको क्षेत्रमा मानसम्मान बढ्नेछ। प्रेममा सफलता मिल्नेछ।जोखिम केही बढेपनि चुनौती चिर्दै काम सम्पादन गर्न सकिने समय छ । इर्ष्या गर्नेहरूले काममा अवरोध गर्न सक्ने सम्भावना रहेकोले आफ्ना योजना गोप्य राखेर अघि बढ्दा विशेष लाभ मिल्नेछ । खर्चको मात्रा बढ्ने तथा व्यवसायमा लगानी बढाउनुपर्ने योग छ । आफ्नै कमजोरीले विवादमा परिने सम्भावना रहेकोले सावधानी अपनाउनुहोला । साहसिक काममा आकर्षण बढ्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):-धार्मिक क्षेत्रमा मन जानेछ। सहयोग गर्नेहरु बढ्नेछन्। खुसी मिल्नेछ। इष्टमित्रसँगको सम्बन्ध सुधार हुनेछ।व्यापारलगायत आर्थिक कर्ममा राम्रै फाइदा हुने देखिएपनि आजको दिन मान्यजन वा विशिष्ट व्यक्तिसँग विवादको सम्भावना छ, सचेत रहनुहोला । अध्ययन तथा अध्यापनमा राम्रै प्रगति हुनेछ भने स्वादिष्ट भोजनमा मन रमाउनेछ । केही प्रतिकुलताका बाबजुद आत्मविश्वास कायम रहला । रोकिएका काम बिस्तारै बन्नेछन् । योजना र बजेट बनाएरमात्र कार्य गर्नु बेस होला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):- खर्च बढ्नेछ। दाम्पत्य जीवन सुमधुर हुनेछ। व्यापार व्यावसायमा ठूलो लगानी नगर्नुहोला।पहिलेको कुनै सम्झौताले अप्ठ्यारो पार्न सक्ने दिन छ । नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिएला । अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ । भेटघाटको अलमलले नोक्सान पुर्याउन सक्छ, सचेत रहनुहोला । आत्मविश्वास कायम रहनेछ । रचनात्मक कार्य बन्नेछ । रसरागात्मक काममा आकर्षण वृद्धि होला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):- दिन राम्रो छ। रोकिएका कामहरु बन्नेछन्। साथीभाइको सहयोग मिल्नेछ। दाम्पत्य जीवन सफल रहनेछ।आजको दिन कमजोर मानसिकताले पछि परिनेछ भने हिम्मत गर्दा पुरुषार्थी काम सम्पादन हुन सक्छ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा लक्ष्य प्राप्त गर्न विलम्ब हुनेछ, ख्याल राख्नुहोला । व्यापारमा विशेष फाइदा हुने योग छ । शत्रु र प्रतिस्पर्धीलाई हराउन सकिनेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द):- बोलीमा मिठास बढ्नेछ। मातापिताको सम्झना गर्दा काममा सफलता मिल्नेछ। बन्धुबाट सहयोग मिल्नेछ।व्यस्तता बढ्नेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ तर पुरानो गतिले काम बिग्रन सक्छ । विशेष योजना गोप्य राखेर अघि बढ्नु हितकर होला । बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ । धन आर्जनको अवसर जुर्ने योग छ । पारिवारिक जमघटमा मन रमाउला । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्य सार्थक रहला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):- काममा फाइदा मिल्नेछ। आर्थिक लाभ मिल्नेछ। धार्मिक क्षेत्रमा मन जानेछ।पराक्रम वृद्धि भइ ऋण, रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । लगनशीलताले राम्रै उपलब्धि दिलाउला । समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ । धैर्यसाथ निरन्तरको प्रयत्नले काममा फाइदा हुनेछ । आफन्तको साथ मिल्नेछ । समस्याको समाधान प्राप्त होला ।