IMG-20241014-WA0000 5

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):- माया बढ्ने देखिन्छ। अचानक प्रेम पस्ताव आउनेछ। त्यसलाई स्वीकार गरेर अगाडि बढ्नुहोला। साथीभाइ सकारात्मक छन्।

OM Sai Pathibhara Hospital

 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):- प्रेम बढ्नेछ। शिक्षाको क्षेत्रमा उन्नति हुनेछ। परीक्षाको तयारी गर्नुभएको छ भने सफलता मिल्नेछ।

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह):- वैदेशिक क्षेत्रमा गरेको लगानीले उपलब्धि हात लाग्नेछ। शिक्षाको क्षेत्रमा राम्रा सम्भावना देखिन्छन्। स्वास्थ्यमा समस्या आउँने देखिएकाले खानपानमा ख्याल गर्नुहोला।

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):- आर्थिक क्षेत्रमा झुक्याउने धेरै छन्। सचेत भएर काम गर्नुहोला। राजनीति र सामाजिक क्षेत्रमा राम्रो छ।

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):- शिक्षाको क्षेत्रमा राम्रो अवसर प्राप्त हुनेछ। वैदेशिक क्षेत्रमा सम्भावना देखिन्छ। स्वास्थ्यमा भने समस्या देखिन्छ।

 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):- दिन सामान्य रहेको छ। पठनपाठन र अध्ययनले तपाईको उचाई बढ्नेछ। व्यवसायबाट राम्रो आम्दानी हुनेछ। प्रेममा धोका पाइनेछ।

 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते):- अध्ययनमा जोश बढ्नेछ। मानसम्मान पाइनेछ। राजनीति क्षेत्रमा प्रतिस्पर्धी सक्रिय छन्, बोल्दा ख्याल गर्नुहोला।

 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):- आफूले गर्दै आएका काममा होसियार भएर अगाडि बढ्नुहोला। अरुले छायामा पार्नसक्छन्। व्यापार र वैदेशिक क्षेत्रमा भने लाभको योग रहेको छ।


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):- आफ्नो प्रभाव घट्नेछ। ठूला कार्यमा हात नहालेकै राम्रो। तर्कमा अघि सर्दा पराजय भोग्ने भएकाले शान्त भएर बस्नुहोला।

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):- व्यापारको क्षेत्रमा धेरै राम्रो हुनेछ। लगानीबाट सम्तोषजनक परिणाम प्राप्त हुनेछ। जग्गाजमिनको कारोबार गर्नुभयो भने ठूलो आर्जन हुनेछ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द):-पारिवारिक वातावारणमा समय बित्न सक्छ । विदेश वा प्रवासमा बसेर कामधन्दा र व्यवसाय गर्नेहरूले राम्रो लाभ प्राप्त गर्नसक्छन्।

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):- आफ्नो प्रभाव घट्नेछ। ठूला कार्यमा हात नहालेकै राम्रो। तर्कमा अघि सर्दा पराजय भोग्ने भएकाले शान्त भएर बस्नुहोला।