IMG-20241014-WA0001 5

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):- दिन राम्रो छ। धन सम्पत्ति आर्जन हुनेछ। साथीभाइबाट सहयोग मिल्नेछ।

OM Sai Pathibhara Hospital

 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):- दिन मध्यम छ। सोचेर बोल्नुपर्ने देखिन्छ। मित्रहरु टाढिने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्ने देखिन्छ।

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह):- सम्पत्ति आर्जन हुनेछ। शिक्षामा गरेको श्रमको मूल्य उठ्नेछ। कुनै कामलाई निरन्तरता दिनु भलो हुनेछ।

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):- दिन राम्रो छ। पुरानो रोगबाट मुक्त हुनुहुनेछ। मनमा शान्ति बढ्नेछ। प्रेममा सफलता मिल्ने देखिन्छ। शिक्षा क्षेत्रमा राम्रो प्रगति हुने देखिन्छ।

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):- योजनामा बाधा अवरोध देखिन्छन्। त्यसलाई प्रतिवाद गरेर अगाडि बढेमा मात्र सफलता मिल्नेछ। दाम्पत्य जीवन संघर्षपूर्ण हुनेछ।

 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):- रोगले छोड्नेछ। दाम्पत्य जीवन सुखमय देखिन्छ। साथीबाट सहयोग मिल्नेछ।

 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते):- सोचेर मात्र बोल्नु राम्रो हुन्छ। पुरानो रोगले छोड्दै जानेछ। शिक्षामा गरेको लगानीबाट उन्नति हुने देखिन्छ।

 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):- नयाँ रोगको सिकार बन्नुपर्ने देखिन्छ। रोगलाई प्रतिवाद गर्न खानपानमा विशेष ख्याल गर्नुहोला।


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):- आफूले गरेको संघर्षबाट आफन्तले लाभ लिनसक्छन्। शिक्षामा गरेको लगानीले फाइदा गर्नेछ। असफल भए पनि प्रयास निरन्तर गर्नुपर्ने देखिन्छ।

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):- झुटा आरोप लाग्न सक्छन्। अनावश्यक खर्च बढ्नसक्छ। राजनीतिक क्षेत्रमा गरेको लगानीबाट श्रम उठ्नेछ। खानपानमा ख्याल गर्नुपर्ने देखिन्छ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द):- बौद्धिक क्षेत्रमा तपाईंको स्थान उच्च रहने छ। खुट्टा तान्नेहरु सक्रिय रहेकाले काम गर्दा विवेक प्रयोग गर्नुपर्ने देखिन्छ।

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):- दाम्पत्य जीवनमा सफलता मिल्नेछ। खर्च बढ्ने योग रहेकाले सचेत भएर व्यवहार गर्नुपर्ने हुन्छ। विदेशमा भन्दा स्वदेशमा गरेको लगानीले राम्रो फाइदा मिल्नेछ।