IMG-20241014-WA0001 4

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):- दौडधुप बढेपनि बौद्धिक अभिव्यक्तिले महत्वपूर्ण अवसर दिलाउन सक्छ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने देखिन्छ । एउटै कामबाट दोहोरो लाभ मिल्ने योग छ । धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पादन हुन सक्छन् । मिठो भोजन प्राप्ति र यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । अनुकूलता वृद्धि भइ उत्साह बढ्ला ।

OM Sai Pathibhara Hospital

 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):- काममा केही विलम्ब हुन सक्छ । आफ्नैबाट टाढिनुपर्ने परिस्थिति पनि आउन सक्छ । फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला । बसाइको स्थानान्तरण वा यात्रा सम्भावना छ ।

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह):- हाल उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ । दिगो फाइदा हुने योजना बन्न सक्छ । दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ । विद्यार्थीले पढाईमा राम्रो सफलता पाउन सक्छन्।

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):- नयाँ कामले नाम र दाम दिलाउनेछ । कर्मक्षेत्रमा गरिएको साधना सिद्ध हुनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ । अध्ययन अध्यापनको क्षेत्र राम्रो रहनेछ।

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):- व्यस्तता बढेपनि आज महत्वपूर्ण कार्यमा सफलता मिल्ने देखिन्छ । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । विभिन्न उपहार प्राप्त हुने समय छ । रमाइलो जमघटको अवसर पनि प्राप्त हुने देखिन्छ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । सामाजिक काममा रुचि बढ्नेछ । आरोग्यपन बढ्नेछ । रसरागको भाव वृद्धि होला । बौद्धिक, रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।

 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):- आफन्त व्यक्तिसँगै विवाद पर्ने सम्भावना छ । मानसिक चञ्चलपनले पेशागत हानी हुने सम्भावना छ । गर्न खोजेका काममा बिघ्नबाधा धेरै देखा पर्नेछन् । स्वास्थ्यले साथ नदिन पनि सक्छ । आकस्मिक रोगले दु:ख दिने हुनाले खानपान लगायत हरेक कार्यमा सतर्क हुनुहोला । आज पढाईमा मन नलाग्न सक्छ।

 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते):- आजको दिन कामले धेरैको मन लोभ्याउन सकिनेछ । अरूलाई प्रभावित पारेर फाइदा उठाउने समय छ । भूमि र पैत्रिक सम्पत्तिको उपयोगबाट राम्रै लाभ होला । स्वास्थ्य भने केही कमजोर रहनाले जाँगरमा कमी आउन सक्छ । मिठो भोजन प्राप्त हुनेछ । नियमित कार्य व्यवहारमा सफलता प्राप्त होला ।

 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):- अनायासै शरीर कमजोर बन्नाले चिताएको काममा जुट्न नसकिएला ।  सामान्य काममा धन र श्रम खर्च हुनेछ । सहयोगीहरू पछि हट्नेछन् भने कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । स्वास्थ्यका लागि व्यायाम र आहारविहारमा ध्यान पुर्याउनुहोला । विद्यार्थीको पढाईप्रति रुचि नजाग्न सक्छ।


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):- केही चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्याउनेछ । समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । रोग तथा शत्रुमाथि विजय प्राप्त गर्न सकिनेछ । विद्यार्थीको पढाईमा प्रगति हुन सक्छ।

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):- कामको गति सुस्त हुनाले प्रतिफल पनि प्रभावित हुनेछ । आफ्नै कमजोरीले लक्ष्यमा पुग्न नसकिएला । राम्रो नतिजा हातपार्न काम दोहोर्याउनुपर्ला । अरूको भरले मात्र उद्देश्य पूरा नहुन सक्छ । अध्ययनका लागि आजको दिन त्यति उपलब्धिमूलक नभए पनि व्यावसायिक कर्मले गति लिनेछ । समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन् । प्रतिफल हातपार्न केही समय लाग्नेछ ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द):- दिन निकै रमाइलो र उत्साहवर्धक रहनेछ । परिस्थितिले नयाँ मार्गतर्फ अग्रसर गराउन सक्छ । नयाँ परिवेशमा पुगिए पनि नयाँ साथीभाइ भेटिनेछन् । प्रेमको बन्धन कसिनेछ । कामको सन्दर्भमा रमाइलो यात्राको अवसर प्राप्त हुन सक्छ । साथीभाइ र सहयोगीहरूले साथ दिनेछन् । विद्यार्थीले चाहेको नतिजा हात पार्न सक्नेछन्।

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):- व्यवसायमा क्षेत्र विस्तारका साथै राम्रो नाफा कमाउन सकिनेछ। नोकरी गर्नेहरुले सहकर्मीको सहयोग प्राप्त गर्न सक्छन् भने मानसम्मान तथा पदप्रतिष्ठा बढ्ने पनि समय छ। विद्यार्थीले पढाईबाट राम्रो नतिजा हात पार्न सक्छन्। प्रेम सम्बन्ध राम्रो रहन सक्छ।