काठमाडौं– कमल थापाले चौथो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगितामा पुरुष ५५ वर्षमाथि र ६५ वर्षमाथिको सिङ्गल्स खेलमा दुई उपाधि जितेका छन्। सातदोबाटोस्थित नेपाल टेनिस सङ्घको कोर्टमा भएको फाइनलमा उनले ५५ वर्षमाथि उमेरसमूहमा मनोजविक्रम शाहलाई ७–६, ७–६ ले र ६५ वर्षमाथि ध्रुव गुरुङलाई ४–०, ४–० ले हराए।

महिला सिङ्गल्समा अभिलाशा विष्ट र सुनिरा थापा उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन्। अभिलाषाले सेमिफाइनलमा प्रज्ना मानन्धरलाई ६–१, ६–१ र सुनिराले स्वस्तिका विष्टलाई ६–०, ६–१ ले हराउँदै फाइनलमा प्रवेश गरे।

OM Sai Pathibhara Hospital

पुरुष सिङ्गल्सको फाइनलमा राजवीर प्रधान र ऋतिक राणा भिड्दैछन्। राजवीरले प्रणव मानन्धरलाई ६–१, ६–३ र ऋतिकले आयुष्मान हजुर घलेलाई ६–१, ६–१ ले हराउँदै फाइनल यात्रा तय गरे। 

यु–१२ गल्र्स सिङ्गल्समा अनुश्री धोजु र ब्वाइज सिङ्गल्समा विश्व डल्लाकोटी च्याम्पियन बने। अन्य खेलमा पनि विभिन्न उमेर समूहमा उत्कृष्ट प्रदर्शन गर्दै खेलाडीहरूले उपाधि जितेका छन्।