IMG-20241014-WA0001 4

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):- आयआर्जन बढ्नेछ। जमिन सम्बन्धी लेनदेनमा अगाडी बढ्दा राम्रो छ। व्यापार व्यवसायमा उन्नति हुनेछ।समयमै निर्णय लिन सकिनेछ। पुनर्मिलनको योग छ। प्रबल इच्छाशक्तिले लक्ष्यमा पुग्न सहयोग गर्नेछ। तर, साथीहरूले अनावश्यक रूपमा अलमल्याउन सक्छन्। शुभकार्यको चर्चा चल्नेछ।

OM Sai Pathibhara Hospital

 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):- दिन सामान्य छ। शिक्षामा गरेको श्रमलगानीबाट फाइदा हुनेछ। प्रेममा सफलता मिल्नेछ।पार्टी तथा सेमिनारमा सहभागी भइएला। राज्यबाट मान सम्मान पाइनेछ। धार्मिक र सांस्कृतिक समारोहमा सरिक हुने सम्भावना छ। मनमा उत्साहका साथै बोली बिक्ने समय छ। प्रेमीसँग मधुर मिलन हुनेछ।

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह):- झुठा आरोप लाग्नसक्छ। आफूले गरेको काममा भने सन्तोष मिल्नेछ। काम गर्दा विवेक पुर्याउनुपर्ने देखिन्छ।सहयोगी हात अघि बढ्नेछन्। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। परिश्रम गर्दा धनार्जन हुनेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। वैदेशिक कार्य अघि बढ्नेछ।

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):- नसोचेको सम्पत्ति आम्दानी हुनेछ। शत्रु पराजित हुनेछन्। पुरानो रोगबाट मुक्ति मिल्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट उन्नति हुनेछ।हेलचेक्य्राइँले काममा उल्टो परिणाम दिनेछ। सेयर बजारमा दुबिधा उत्पन्न हुनेछ। कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला। साँझमा नजिकको मित्रसँग भेटघाट हुनेछ।

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):- रोगबाट मुक्ति मिल्नेछ। साथीभाइबाट सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। राजनीतिमा संगठन बलियो बन्नेछ।नयाँ रोजगारी मिल्नेछ। वस्त्र अलंकार पनि प्राप्ति हुनेछ। घरपरिवारबाट सहयोग मिल्नेछ। नसोचेको ठाउँबाट धन हात पर्नेछ। कसैकसैका लागि सन्तान प्राप्ति हुनेछ। प्रसन्नता छाउनेछ।

 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):- रोगको प्रकोप बढ्नेछ। खर्च पनि धेरै हुनेछ। प्रतिस्पर्धी सक्रिय छन्। अरु क्षेत्र सामान्य रहेपनि दाम्पत्य जीवन धेरै राम्रो छ।दैनिक कार्यमा प्रगति हुनेछ। भाग्यले साथ दिनेछ। लामो समयदेखि रोकिएका काम पूरा हुनेछन्। आतिथ्यपूर्ण सम्मान पाइएला। कार्य सम्पादनमा सहजता मिल्नेछ। आहारविहारमा ख्याल गर्नुहोला।


तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते):- समस्यामा परिनेछ। शिक्षाको क्षेत्रमा मानसम्मान बढ्नेछ। प्रेममा सफलता मिल्नेछ।नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउला। मान प्रतिष्ठामा वृद्धि हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। रमणीय, सुखद र धार्मिक यात्राको योग छ।

 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):- धार्मिक क्षेत्रमा मन जानेछ। सहयोग गर्नेहरु बढ्नेछन्। खुसी मिल्नेछ। इष्टमित्रसँगको सम्बन्ध सुधार हुनेछ।अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ। निर्णायक क्षमतामा कमी आउनेछ। शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ। स्वास्थ्यप्रति सजगता अपनाउन जरूरी छ। साँझमा नियमितभन्दा बढी पैसा खर्च हुनेछ।


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):- खर्च बढ्नेछ। दाम्पत्य जीवन सुमधुर हुनेछ। व्यापार व्यावसायमा ठूलो लगानी नगर्नुहोला।जोस, जाँगर र उमंग बढ्ला। प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ। छुट्टिएका साथीसँग पुनर्मिलन होला। घरमा अतिथिको आगमन हुनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। विद्या र बुद्धिको विकास हुनेछ।

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):- दिन राम्रो छ। रोकिएका कामहरु बन्नेछन्। साथीभाइको सहयोग मिल्नेछ। दाम्पत्य जीवन सफल रहनेछ।रमणीय यात्राको योग छ। आँटेको र ताकेको कार्य पूरा होला। आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। प्रणय प्रसङ्गका लागि समय उत्तम छ। टाढिएका मित्रसँग नजिकिने समय छ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द):- बोलीमा मिठास बढ्नेछ। मातापिताको सम्झना गर्दा काममा सफलता मिल्नेछ। बन्धुबाट सहयोग मिल्नेछ।मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। बन्धु बान्धवबाट सहयोग पाइनेछ। मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ। राजनीतिक कार्यमा सफलता मिल्नेछ। बन्धु बान्धवले मन खोलेर सहयोग गर्नेछन्।

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):- काममा फाइदा मिल्नेछ। आर्थिक लाभ मिल्नेछ। धार्मिक क्षेत्रमा मन जानेछ।आलस्य तथा थकानको अनुभूति हुनेछ। महत्त्वहीन र बेकारका काममा समय नबिताउनुहोला। अल्छी लागेमा धार्मिक पुस्तक पढ्नु उपयुक्त हुन्छ। यात्रा गर्दा सचेत रहनु होला।