काठमाडौं— सहकारी ठगी आरोपमा अनुसन्धान गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएपछि लामिछानेले सामाजिक सञ्जालबाट आक्रोसपूर्ण अभिव्यक्ति दिएका छन् । 

उनले सरकार मर्योे र आफूहरूलाई जुठो पर्यो भन्दै स्टाटस लेखेर सरकारविरुद्ध आवाज उठाएका छन् । उनले भनेका छन्, ‘अहिलेलाई,सरकार मर्‍यो हामीलाई जुठो पर्‍यो। तर  मलाई  न्यायलय प्रती आशा र न्याय प्रेमी जनता प्रति भरोसा छ। प्रिय रास्वपा परिवारका साथीहरू, शिर ठाडो राख्नु होला। तपाईको सभापतिले कसैलाई ठगेको छैन।’

OM Sai Pathibhara Hospital

जिल्ला अदालत कास्कीका न्यायाधीश कृष्णजंग शाहको इजलासले लामिछानेलाई पक्राउ गर्न शुक्रबार अनुमति दिएको हो ।

Rabi