काठमाडौं— सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष यु–२० च्याम्पियनसिपमा नेपालले उज्बेकिस्तानसँग हार बेहोरेको छ। 

श्रीलङ्काको कोलम्बोस्थित सुगथदासा इन्डोर रङ्गशालामा भएको खेलमा उज्बेकिस्तानले नेपाललाई २५–१९, २५–१४, २७–२९, २५–१५ ले निराश पार्‍यो । 

OM Sai Pathibhara Hospital

सुरुका दुई सेटमा उज्बेकिस्तानभन्दा तुलनात्मक  रूपमा केही कमजोर देखिएको नेपालले तेस्रो सेटमा शानदार पुनरागमन गरी खेल रोमाञ्चक बनाएको थियो । 

तेस्रो सेटमा उज्बेकिस्तानसमक्ष तीन ‘म्याच प्वाइन्ट सहित सोझो सेटमा खेल जित्ने अवसर थियो तर नेपालले शानदार पुनरागमन गर्दै तेस्रो सेट आफ्नो पक्षमा पार्‍यो। 

यद्यपि चौथो सेट उज्बेकिस्तानले सुरुमै ६–० ले अग्रता बनाएर नेपाललाई पाँचौँ तथा निर्णायक सेटमा खेल लग्न दिएन। यस नतिजासँगै नेपालको दुई खेलमा एक जित र एक हार भएको छ। 

नेपालले उद्घाटन दिन आयोजक श्रीलङ्कालाई सोझो सेटमा हराएको थियो।  नेपालले आज माल्दिभ्सविरुद्ध खेल्ने छ। त्यसपछि नेपालले बिहीबार किर्गिस्तान र शुक्रबार तुर्कमिनिस्तानको सामना गर्ने छ। 

असोज २६ गतेसम्म चल्ने प्रतियोगितामा राउन्ड रोविन खेलपछि शीर्ष दुई स्थानमा रहने टिमले फाइनल खेल्ने छ।