काठमाडौं— एन्फा महिला लिग फुटबलमा पहिलो चरणको अन्तिम खेलमा आज नेपाल पुलिस क्लब र सङ्कटा क्लब खेल्दैछन् ।
यो खेल असोज १२ गते हुने तालिका भए पनि विभिन्न कारणवश आज हुन लागेको हो । यो खेल दिउँसो १ बजे ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा शुरू हुने एन्फाले जनाएको छ ।
लिगमा १० वटा टोली सहभागी भएकामा सशस्त्र प्रहरी बलको एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, स्याङ्जाको वालिङ नगरपालिका र कोशी प्रदेश शीर्ष ५ मा रहँदै दोस्रो चरणमा पुगेका छन् । यस्तै बाग्मती युग क्लब, सङ्कटा क्लब, रौतहटको चन्द्रपुर नगरपालिका, कर्णाली प्रदेश र सुदूरपश्चिम बाहिरिएका छन् ।