काठमाडौं–क्यानडामा जारी त्रिकोणात्मक टि-ट्वान्टी शृङ्खलाको आजको खेलमा नेपाल घरेलु टोली क्यानडासँग चार विकेटले पराजित भएको छ । प्रतिस्पर्धात्मक खेलको अन्तिम पारीमा क्यानडाले १९औँ ओभरमा दुई छक्का र एक चौकाको सहायतामा १८ रन जोड्दै जित आफ्नो पक्षमा पारेको हो ।

नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै १३९ रनको लक्ष्य प्रस्तुत गर्‍यो । सुरुआतमा अनिल साह र आशिफ शेखले पहिलो विकेटका लागि ७० रनको साझेदारी गरे, तर मध्यक्रममा नेपालले तीन ओभरभित्र तीन विकेट गुमाउँदै लय बिगार्‍यो । नेपालले पावरप्लेमै राम्रो रनरेट राखे पनि पारीको अन्त्यतिर रन बनाउन कठिन भयो ।

OM Sai Pathibhara Hospital

जवाफी ब्याटिङमा आएको क्यानडाले १९औँ ओभरमा जितको दिशा तय गरेको थियो । साद विन जफरले क्यानडाका लागि १८ बलमा ३३ रन बनाउँदै खेललाई आफ्नो पक्षमा ल्याए । नेपालका लागि ललित राजवंशी र सन्दीप लामिछानेले दुई/दुई विकेट लिए । नेपालको तेस्रो खेल अब बुधबार ओमानविरुद्ध हुनेछ ।