काठमाडौं-जारी एन्फा महिला फुटबल लिगको सुपर लिगमा पुग्ने पाँच टोलीको टुङ्गो लागेको छ ।
बिहीवार कोशी प्रदेश र वालिङ नगरपालिकाले आ-आफ्नो खेलमा जित निकाल्दै दोस्रो चरणको यात्रा तय गरेपछि तीन खेल बाँकी छँदा नै सुपर लिग पुग्ने टोलीको टुंगो लागेको हो ।

१० टोली सहभागी सिंगल राउण्ड रोबिन लिग पूरा हुँदा अंकतालिकाको शिर्ष पाँच टोलीले सुपर लिगको यात्रा तय गरेका छन् ।
बिहीवार कोशीले सुदूरपश्चिम प्रदेशमाथि ४-० र वालिङले चन्द्रपुर नगरपालिकामाथि २-१ को जित निकालेको थियो ।
जितसँगै कोशी ९ खेलबाट १४ अंक जोड्दै पाँचौं स्थान सुरक्षित गर्यो । सुदूरपश्चिम भने जितविहीन बन्दै लिगको पुछारमा रहेर यस संस्करणको यात्रा टुङ्गाएको छ ।
सुदूरपश्चिमले ६९ गोल व्यहोर्दा ३ गोल मात्रै गर्न सफल भयो । कोशीसहित एपिएफ, पुलिस, आर्मी र वालिङ नगरपालिकाले दोस्रो चरण (सुपर लिग) को यात्रा तय गरे ।