काठमाडौं–नेपालले एएफसी यू-२० एसियन कप छनोट अन्तर्गत आफ्नो तेस्रो खेलमा उज्वेकिस्तानसँग ६–० को भारी पराजय बेहोरेको छ । चाइनिज ताइपेको न्यू ताइपेई सिटीमा भएको खेलमा नेपालले पहिलो हाफमा नै उज्वेकिस्तानको तीन गोल खायो । उज्वेकिस्तानका साइदनुरल्लायभले २४ र २७ औं मिनेटमा दुई गोल गरे भने नुर्लान इब्राइमोभले २९ औं मिनेटमा तेस्रो गोल थपे । 

दोस्रो हाफमा पनि उज्वेकिस्तानले तीन गोल थप्यो । ६८ औं मिनेटमा मिर्जाएभले, ८८ औं मिनेटमा मेयिरबेक रेजाबालिएभले, र खेलको अन्तिम मिनेटमा अब्दुगाफुर हेदारोभले गोल गर्दै उज्वेकिस्तानले ६–० को जित दर्ता गर्‍यो ।

OM Sai Pathibhara Hospital

समूह ‘बी’ मा रहेको नेपालको यो दोस्रो हार हो । पहिलो खेलमा नेपाल कम्बोडियासँग ४–१ ले पराजित भएको थियो भने दोस्रो खेलमा चाइनिज ताइपेईलाई ३–१ ले हराएको थियो । उज्वेकिस्तानको भने यो लगातार दोस्रो जित हो, जसले पहिलो खेलमा कम्बोडियालाई ७–० ले हराएको थियो । नेपालले आफ्नो अन्तिम खेल असोज ११ गते बहराइनसँग खेल्नेछ ।