काठमाडौं–क्यानडामा जारी आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपाल आफ्नो तेस्रो खेलमा क्यानडासँग पाँच विकेटले पराजित भएको छ । क्यानडाको किङ सिटीमा सम्पन्न खेलमा १८२ रनको लक्ष्य पछ्याएको क्यानडाले ४२ ओभरमा पाँच विकेट गुमाएर जित हासिल गर्यो ।
क्यानडाका लागि नाभिनित धालिवालले ८७ रन र प्रगत सिंहले ६४ रनको योगदान दिए । नेपालका लागि सन्दीप लामिछानेले ४९ रन बनाए भने दुई विकेट लिए । करण केसी, गुलसन झा र ललित राजवंशीले समान एक–एक विकेट लिए ।

यसअघि, नेपालले टस जितेर ब्याटिङ गर्दै ४६ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै १८१ रन बनाएको थियो । नेपालले सिरिजको आफ्नो अन्तिम खेल मङ्गलबार ओमानसँग खेल्नेछ ।
त्रिकोणात्मक सिरिजको आफ्नो पहिलो खेलमा नेपाल क्यानडासँग एक सय तीन रनले पराजित भएको थियो ।