काठमाडौं – आईसीसी विश्वकप लिग–२ अन्तर्गतको खेलमा नेपाल ओमानसँग एक विकेटले पराजित भएको छ। क्यानडाको किङ सिटीस्थित म्यापल लिफ नर्थ–वेस्ट ग्राउन्डमा नेपालले दिएको २२० रनको लक्ष्य ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाएर पूरा गर्दै जित हासिल गरेको हो। टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको ओमानले नेपालको इनिङलाई रोक्दै आफूलाई जितसम्म पुर्यायो।