काठमाडौं–नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ, जसमा अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५३ पैसा कायम गरिएको छ । 

आज युरोपियन युरो एकको खरिददर एक सय ४८ रुपैयाँ ३५ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ एक पैसा कायम गरिएको छ । यस्तै, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ७६ पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ ५५ पैसा तोकिएको छ ।

OM Sai Pathibhara Hospital

अन्य मुद्रामा स्वीस फ्रयाङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलर, जापानी येन, चिनियाँ युआन, साउदी अरेबियन रियाल, कतारी रियाल, थाइ भाट, युएई दिराम, मलेसियन रिङ्गेट, साउथ कोरियन वन, स्वीडिस क्रोनर, डेनिस क्रोनर, हङकङ डलर, कुवेती दिनार, र बहराइन दिनारको पनि दरहरु सार्वजनिक गरिएका छन् ।  

राष्ट्र बैंकले भारतीय रुपैँया एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा निर्धारण गरेको छ। बैंकले यो दरलाई आवश्यकतानुसार संशोधन गर्न सकिने जनाएको छ भने वाणिज्य बैंकहरुले तोक्ने दरमा फरक हुनसक्ने जनाएको छ ।


16th