काठमाडौं—  नेप्से परिसूचक उच्च अंकले घटेर बन्द भएको छ। साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ५०.७३ अंकले घटेर २६३७.७९ विन्दुमा पुगेको हो। सेन्सेटिभ इण्डेक्स १.६४ प्रतिशतले घटेर ४६८.६५ विन्दुमा अडिएको छ।


OM Sai Pathibhara Hospital

यसदिन ३२४ स्क्रिप्सको २ करोड ४८ लाख  ४६ हजार ७८२ कित्ता सेयर १० अर्ब ३३ करोड ९२ लाख ३५ हजार ९५७ रुपैयाँमा खरिदबिक्री भयो। नेप्से परिसूचक उच्च अंकले घटेपनि चारवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। रिभर फल्स पावर, हिमालय हाइड्रोपावर,रावा इनर्जी डेभलपमेन्ट र इस्टर्न हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।


यसदिन थ्री स्टार हाइड्रोपावरका लगानीकर्ताले भने सर्वाधिक गुमाए। सो कम्पनीको सेयर १० प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट शीर्षस्थानमा रह्यो। सो कम्पनीको ६४ करोड मूल्य बराबरको सेयर कारोबार भयो।


यसैगरी एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्टको ३५ करोड,हिमालयन रिइन्स्योरेन्सको २८ करोड,अपी पावरको २५ करोड र सिंगटी हाइड्रोपावरको २४ करोड मूल्य बराबरको सेयर कारोबार भयो।  सबै समूहको उपसूचक नकारात्मक देखिएका छन्। 


कारोबारमा आएका २४ स्टक्सको मूल्य बढ्दा २१९ वटाको  घट्यो भने एउटा स्टकको मूल्य भने स्थिर रह्यो।