काठमाडौं–नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । साताको पहिलो दिन आज सुन प्रतितोला १ लाख ५६ हजार ८ सय रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाला सुनको मूल्य पाँच सय रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा कारोबार भइरहेको छ । 

यसअघि गत भदौ २८ गते सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ३ सय पुगेको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि ४० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।