काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले मोबाइल बैंकिङमा साना कारोबार गर्दा लाग्ने अतिरिक्त शुल्क हटाउन छलफल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत जनताका गुनासा सुन्दै साना डिजिटल कारोबारलाई नि:शुल्क गर्न सरकार गम्भीर रहेको बताएका हुन् । 

उनले जाजरकोटका अबिन बिकेको उदाहरण दिँदै फेसबुकमा प्राप्त सुझावका आधारमा यस्तो निर्णय गर्न लागेको जानकारी दिएका छन् । डिजिटल कारोबारमा दैनिक रुपमा थोरै रकम ट्रान्सफर गर्दा बारम्बार शुल्क लाग्ने समस्याबारे गुनासो गरिएको थियो । अबिनले दैनिक ५–६ पटक सय र पचास रुपैयाँको कारोबार गर्दा हरेक पटक ११ रुपैयाँ ३० पैसा चार्ज लाग्ने उल्लेख गर्दै महिनामा करिब २ हजार रुपैयाँभन्दा बढी खर्च हुने जानकारी गराएको ओलीले उल्लेख गरेका छन् । 

OM Sai Pathibhara Hospital

प्रधानमन्त्री ओलीले साना कारोबारमा नि:शुल्क सेवा उपलब्ध गराउन सम्बन्धित अधिकारीसँग छलफल गरिने जानकारी दिँदै जनताका यस्ता समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् । 


Oli