काठमाडौं–नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । अमेरिकी डलरको खरिददर १ सय ३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर १ सय ३४ रुपैयाँ ५३ पैसा कायम भएको छ । युरोको खरिददर १ सय ४८ रुपैयाँ ४९ पैसा र बिक्रीदर १ सय ४८ रुपैयाँ १६ पैसा छ भने पाउण्ड स्ट्रलिङको खरिददर १ सय ७५ रुपैयाँ ७० पैसा र बिक्रीदर १ सय ७६ रुपैयाँ ४८ पैसा निर्धारण भएको छ  ।

साउदी रियालको खरिददर ३५ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८५ पैसा, कतारी रियालको खरिददर ३६ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९० पैसा कायम गरिएको छ। भारतीय रुपैयाँ १ सयको खरिददर १ सय ६० रुपैयाँ र बिक्रीदर १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

OM Sai Pathibhara Hospital

राष्ट्र बैंकले यो दरलाई कुनै पनि समय संशोधन गर्न सकिने जनाएको छ भने अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जानकारी दिएको छ । 


Dollar 15th