काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटकलाई आकर्षित गर्न नेपालमा धेरै सुन्दरस्थल भएको दाबी गरेका छन् ।
उनले नेपालमा पर्यटक प्रवद्र्धनका लागि उपयुक्त वातावरण भएकाले सरकारले पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर तदनुरुप काम गरिरहेको बताए । बूढानीलकण्ठमा रु दुई अर्ब ५० करोडको लगानीमा निर्मित एक सय दुई शय्यायुक्त पाँचतारे होटल लेमट ट्रि प्रिमियरको उद्घाटनका क्रममा ओलीले यस्तो बताएका हुन् ।

होटलका माध्यमबाट देश विकासको यात्रामा टेवा पुग्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीले ओलीले सुशासनसहित जनतालाई छिटोछरितो सेवा दिन सरकार क्रियाशील रहेको बताए ।
कुन फाइल कहाँ पुगेर किन अड्किएको छ भन्ने पत्ता लगाउन प्रविधि बनाइसकेको भन्दै ओलीले भने, ‘व्यवसायीहरु निर्वाधरुपमा व्यावसायिक काम गर्न सक्नुहुन्छ । कामका लागि कहीँकतै नजराना बुझाउनुपर्दैन ।’