काठमाडौं- सरकारी कर्मचारीको तलवको २ प्रतिशत स्वास्थ्य बिमा कार्यक्रमका लागि छुट्याउन स्वास्थ्यमन्त्रीको प्रस्तावकाठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य कर कोषको सबै रकम स्वास्थ्य बीमा कार्यक्रमका लागि विनियोजन गर्नुपर्ने बताएका छन् । 

स्वास्थ्य बीमालाई ५ लाखसम्म स्रोतको सुनिश्चित गर्न पनि सो व्यवस्था गर्न आफूहरु लागि परेको मन्त्री पौडेलको भनाई छ । 

OM Sai Pathibhara Hospital

आज वीर अस्पतालमा डा. केडी जोशी जलन उपचार केन्द्रको शुभारम्भ कार्यक्रममा बोल्दै उनले सरकारी कर्मचारीहरुको तलवको २ प्रतिशत रकम पनि स्वास्थ्य विमा कार्यक्रमका लागि छुट्याउनुपर्ने प्रस्ताव गरे । 

स्वास्थ्यमन्त्री पौडेलले भने, ‘राज्यको वेतन खानेहरुले २ प्रतिशत विमामा योगदान गर्ने व्यवस्था हुनुपर्छ भनेर हामीले भनेका छौं । स्वास्थ्य कर कोषको सबै पैसा बीमामा जाने व्यवस्था गरिनुपर्दछ । आज १२ अर्व उठ्छ भने त्यसको २४ अर्ब उठ्ने व्यवस्था गरिनुपर्दछ ।’ 

स्वास्थ्य बीमाको स्रोत सुनिश्चित गर्नका लागि सरकारले आधारको खोजी गरिरहेको उल्लेख गर्दै मन्त्री पौडेलले त्यसका व्यवस्था हुनेबित्तिकै स्वास्थ्य बीमाबापत ५ लाख रकम पाउने व्यवस्था गर्ने बताए । 

त्यस अवसरमा उनले वीर अस्पतालको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनका लागि सरकारले सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत जनाए ।