काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले पेरिस पारा ओलम्पिक २०२४ मा नेपालका लागि कास्य पदक जित्ने पलेशा गोवर्धनलाई पुरस्कृत  गरेका छन्। यसैगरी, पलेशाका प्रशिक्षक कविराज नेगी लामा र टोली व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई पनि उनीहरूको योगदानको कदर गर्दै नगद पुरस्कारसहित सम्मान गरिएको छ।

मन्त्रिपरिषद्को निर्णयअनुसार, पलेशालाई ६५ लाख रुपैयाँको नगद पुरस्कार प्रदान गरिएको छ। यस्तै, प्रशिक्षक लामालाई पाँच लाख ८५ हजार र टोली व्यवस्थापक श्रेष्ठलाई दुई लाख ९२ हजार रुपैयाँको नगद पुरस्कार प्रदान गरिएको छ।

OM Sai Pathibhara Hospital

पलेशाको यस सफलताले नेपाली खेलकुद क्षेत्रमा नयाँ इतिहास रचेको छ। उनको यस उपलब्धिले अन्य खेलाडीहरूलाई पनि प्रेरणा मिल्ने विश्वास गरिएको छ।