काठमाडौं–नेपाली बजारमा सुनको मूल्यले आज नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुनको मूल्य तोलामा रु तीन हजारले वृद्धि भई रु एक लाख ५६ हजार तीन सय पुगेको छ । यो हालसम्मकै उच्चतम मूल्य हो ।

यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला रु ६५ ले बढेर रु एक हजार आठ सय ६० पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतारचढाव र स्थानीय माग बढ्नुलाई यसको प्रमुख कारण मानिएको छ ।

OM Sai Pathibhara Hospital