काठमाडौं- उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजश्वको लक्ष्य पूरा हुनेगरी काम गर्न निर्देशन दिएका छन् । 

काठमाडौंमा आज भन्सार विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री पौडेलले यस्तो निर्देशन दिएका हुन् । 

OM Sai Pathibhara Hospital

उनले राजश्वको लक्ष्य पूरा गर्ने मात्र नभइ अझ बढी उठाउने कुरालाई मध्यनजर गरी काम गर्न विभागका अधिकारीहरुलाई निर्देशन समेत दिएका छन् । 

उनले राजश्व परिचालनमा कुनैपनि सम्झौता नहुने उल्लेख गरे । गत वर्षको तुलनामा यस वर्ष यति प्रगति गरियो भनेर चित्त बुझाएर नबस्न पनि सम्बन्धित मन्त्री पौडेलले निकायको ध्यानाकर्षण गराएका छन् । 

उनले भने, ‘राजश्वको लक्ष्य पूरा गर्ने कुरामा लक्ष्य पूरा गर्ने मात्रै होइन, कतिपय ठाउँमा लक्ष्य क्रस गर्न पनि सकिने अवस्था छ । राजश्वको लक्ष्य पूरा गर्ने र राजश्व परिचालनको अधिकतम सम्भवना पूरा गर्ने हिसावले अघि बढ्नुहोला । राजश्व परिचालनमा कुनैपनि कम्परमाइज हुनेछैन । यहाँहरुले गत वर्षको तुलनामा यति प्रगति गरियो भनेर चित्त बुझाएर नबस्नु होला ।’

उनले अर्थतन्त्र अहिले पनि दबाबमा रहेको उल्लेख गर्दै राजश्व परिचालनका दृष्टिकोणले धेरै चुनौति रहेको बताए । 

कयौँ अनिवार्य दायित्व भुक्तानी गर्न बाँकी रहेको भन्दै राजश्व परिचालनमा प्रभावकारी हुन नसके राम्रोसँग अर्थतन्त्रलाई अघि बढाउन नसकिने उनको भनाई छ ।