काठमाडौं–नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटका लागि २९ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको छ ।
क्यानले आज सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार पूजा महतो, सोनी पाख्रिन, ऐली यादव लगायतका युवा प्रतिभाशाली खेलाडीहरु टोलीमा समावेश भएका छन्। प्रारम्भिक चरणमा छनोट भएका खेलाडीहरुमा अनु कडायत, मनिषा बोहोरा, करिश्मा थापा, रविना साउद, सुस्मिता भुसाल, अलिशाकुमारी यादव, भवानी कमाती, आरती महतो, पुजा महतो, कुशम गोदार, सीमाना केसी, ज्योत्सनिका मरासिनी, निरु जीटी, सेरिना थापा, रचना चौधरी र आस्मा पुलामी मगर पनि रहेका छन् ।
यू-१९ महिला टी-२० विश्वकप एसिया छनोट आगामी नोभेम्बरमा संयुक्त अरब इमिरेट्स (युएई)मा आयोजना हुने क्यानले जनाएको छ।





































