काठमाडौं–नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्रा सटही दर अनुसार अमेरिकी डलर स्थिर रहेको छ भने युरोपियन युरोको मूल्य बढेको छ । 

अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ७ पैसा र बिक्री दर १३४ रुपैयाँ ६७ पैसा कायम छ । युरोको खरिद दर १४८ रुपैयाँ १८ पैसा र बिक्री दर १४८ रुपैयाँ ८४ पैसा रहेको छ‚ जुन हिजोभन्दा बढी हो । 

OM Sai Pathibhara Hospital

यूके पाउण्ड स्ट्रलिङ घटेर १७५ रुपैयाँ ५२ पैसा खरिद दर र १७६ रुपैयाँ ३० पैसा बिक्री दरमा झरेको छ । अस्ट्रेलियन डलर‚ कतारी रियाल‚ र अन्य विदेशी मुद्राको दर पनि परिवर्तन भएको राष्ट्र बैंकले जनाएको छ ।


Dollar