काठमाडौं–सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन हाल सम्मकै उच्च प्रतितोला १ लाख ५३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको जानकारी दिएको छ । हिजोको तुलनामा आज सुन १ हजार रुपैयाँले बढेको छ ।

मंगलबार स्थानीय बजारमा सुन १ लाख ५२ हजार ४ सय रुपैयाँमा कारोबार भइकाृ थियो । यसअघि भदौ २१ गते १ लाख ५३ हजार ३ सय रुपैयाँको उच्च रेकर्ड बनेको थियो । चाँदीको मूल्य पनि बुधबार १५ रुपैयाँले बढेर १७८० रुपैयाँ पुगेको छ ।