काठमाडौं–सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्रले देशका अन्तर्राष्ट्रिय खेलाडीहरूको स्वास्थ्य परीक्षण नि:शुल्क गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ । आज स्वास्थ्य मन्त्री प्रदीप पौडेल र युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको उपस्थितिमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) र केन्द्रबीच सम्झौता स्वीकृति प्रदान गरिएको हो । 

सम्झौताअनुसार, केन्द्रले खेलाडीहरूको हरेक वर्ष मुटुसहित स्वास्थ्य परीक्षण नि:शुल्क उपलब्ध गराउनेछ । यसका लागि आवश्यक आर्थिक व्यवस्थापन केन्द्रले आफ्नै स्रोतबाट गर्नेछ, र सम्झौतासम्बन्धी व्यवस्थापन प्रत्येक वर्ष नवीकरण गरिनेछ । 

OM Sai Pathibhara Hospital

स्वास्थ्य मन्त्री पौडेलले आगामी वर्ष थप स्रोत सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे भने, खेलकुद मन्त्री चौधरीका अनुसार यस कार्यक्रमबाट सात सय ५७ खेलाडी लाभान्वित हुनेछन् । 

सम्झौतासँगै, पारा ओलम्पिक कास्य पदक विजेता पलेशा गोवद्र्धनको स्वास्थ्य परीक्षण गरेर यो कार्यक्रमको औपचारिक शुरुवात गरिएको छ ।