काठमाडौं–साताको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्य तोलामा रु १,२०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, शुक्रबार तोलामा रु १,५३,००० मा कारोबार भएको छापावाला सुनको मूल्य आजका लागि रु १,५२,१०० निर्धारण गरिएको छ ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार चाँदीको मूल्य तोलामा रु १,७९५ मा कारोबार भइरहेको थियो भने आजका लागि यसको मूल्य तोलामा रु १,७५० निर्धारण गरिएको छ ।