काठमाडौं – बीएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रालिले चिकित्सा शिक्षा आयोगबाट एमबीबीएसमा ५० विद्यार्थी अध्यापन गर्ने स्वीकृति प्राप्त गरेको छ। जनसम्पर्क अधिकृत प्रमिश गिरीका अनुसार‚ यो शैक्षिक वर्षदेखि विद्यार्थी भर्ना सुरु हुनेछ ।

कलेजले वि.सं. २०७१ सालमा ३०० शय्याको अस्पतालसहित सञ्चालनमा ल्याएको थियो‚ तर स्वीकृति पाउन लामो समय लाग्यो । सर्वोच्च अदालतको परमादेश र काठमाडौं युनिभर्सिटीको सम्बन्धन प्राप्त भएको छ ।

OM Sai Pathibhara Hospital

प्रिन्सिपल प्राडा उमेश शर्माले सम्पूर्ण पूर्वाधार तयार रहेको जानकारी दिँदै‚ भर्ना र पठनपाठन छिट्टै सुरु हुने बताए । कलेज र पूर्वाञ्चल क्यान्सर अस्पतालमा दुई हजार जनाले रोजगारी पाएका छन् ।