काठमाडौं – स्वास्थ्य सेवा विभागले जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमणको जोखिम बढेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । परिवार कल्याण महाशाखा‚ बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार भदौ १५ देखि असोज १५ सम्म रोगको उच्च जोखिम हुने बताइएको छ । 

डा. गौतमले लामखुट्टेको ुक्युलेक्सु प्रजातिले पानी जम्ने ठाउँमा फूल पार्ने समयमा सङ्क्रमण फैलने भन्दै‚ यो रोग सुगुर र हाँसजस्ता जनावरहरूबाट मानिसमा सर्ने स्पष्ट पारे। जनवरी २०२४ देखि हालसम्म ६८० जनामा गरिएको परीक्षणमा ४२ जनामा सङ्क्रमण पुष्टि भएको र कैलाली‚ चितवन‚ सर्लाही‚ सुनसरी जिल्लामा ६ जनाको मृत्यु भएको छ ।

OM Sai Pathibhara Hospital

सरकारले सन् २०१६ देखि १२ महिना उमेर पुगेका बालबालिकालाई नियमित खोप कार्यक्रम अन्तर्गत जापानिज इन्सेफ्लाइटिसविरुद्धको खोप दिँदै आएको छ । शाखा प्रमुख गौतमले खोप छुटेका बालबालिकालाई पाँच वर्षसम्म खोप दिइने जानकारी दिए । 

यस रोगबाट बच्न झुल टाँगेर सुत्न‚ जनावरलाई घरदेखि टाढा राख्न‚ र घर वरिपरिका पानी जम्न खाल्डाखुल्डी पुर्न विभागले अनुरोध गरेको छ ।