काठमाडौं- एन्फा महिला लिगमा चन्द्रपुर नगरपालिकाले लगातार दोस्रो खेलमा पनि बराबरी खेलेको छ ।

आज सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा चन्द्रपुर नगरपालिकाले संकटा फुटबल क्लबसँग गोलरहित बराबरी खेलेको हो । 

OM Sai Pathibhara Hospital

लगातार दोस्रो बराबरीपछि चन्द्रपुरले दुई खेलबाट २ अंक जोडेको छ । संकटाले बराबरीपछि पहिलो १ अंक जोडेको छ । 

पहिलो पटक लिग खेलिरहेको संकटा पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबसँग ४-० ले पराजित भएको थियो ।