काठमाडौं–पेरिस पारा ओलम्पिकमा नेपाललाई पहिलो पटक पदक दिलाउने पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई सरकार र काठमाडौं महानगरपालिकाले नगदसहित सम्मान गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पलेशालाई सरकारले कर नकटाइ रु ६५ लाख राशिको पुरस्कार दिने घोषणा गरेका छन् भने काठमाडौं महानगरपालिकाले रु पाँच लाख नगदसहित सम्मान गरेको छ । यसरी पलेशा गोवर्धनले कुल ७० लाख रुपैयाँको पुरस्कार प्राप्त गरेकी छन् ।

OM Sai Pathibhara Hospital

प्रधानमन्त्री ओलीले पलेशाको जीतलाई नेपालीको जित भन्दै यसले नेपालको इज्जत बढाएको बताए । उनले नेपाली खेलाडीको क्षमतामाथि विश्वास व्यक्त गर्दै नेपालीले मौका पाएपछि गर्छ भनेर स्मरण समेत गर्नुभयो । 

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले पनि पलेशाको उपलब्धिमा खुसी व्यक्त गर्दै उनलाई सम्मान गरेका छन् । महानगरपालिकाले आयोजित कार्यक्रममा पलेशालाई सम्मानपत्रसहित नगद पुरस्कार प्रदान गरिएको थियो ।

पलेशा गोवर्धनले गत भदौ १४ गते पेरिस पारा ओलम्पिक‚ २०२४ मा ॅके–४४’ विधा अन्तर्गत महिला ५७ किलो मुनिको तौल समूहमा सर्वियाकी मरिजा मिकेभलाई पराजित गर्दै कास्य पदक प्राप्त गरेकी थिइन्। उनको यो ऐतिहासिक जीतले नेपालको खेलकुद क्षेत्रमा नयाँ अध्याय थपेको छ।