काठमाडौं–राष्ट्रपति रामचन्द्र पौडेलले पेरिस पारा ओलम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनलाई सम्मान गरेका छन् । शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले पलेशालाई माला र दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

प्रशिक्षक कविराज नेगी लामालाई पनि बधाई दिदैँ राष्ट्रपति पौडेलले पलेशालाई शुभकामना दिँदै देशको शीर उँचो पार्ने काम भएको र भविष्यमा स्वर्ण पदकको अपेक्षा रहेको बताए । कार्यक्रममा नेपाली सेनाले मङ्गलधुन बजाएर स्वागत गरेको थियो । 

OM Sai Pathibhara Hospital

यसैबीच‚ काठमाडौँ महानगरपालिकाले पलेशालाई रु पाँच लाख नगदसहित सम्मान गरेको छ । काठमाडौँ प्लाजामा आयोजित कार्यक्रममा प्रमुख बालेन्द्र शाहले सम्मानपत्र र उपप्रमुख सुनिता डङ्गोलले नगद हस्तान्तरण गरेका हुन् ।

सम्मान कार्यक्रममा महानगरका पदाधिकारी‚ पलेशाका अभिभावक‚ र खेल क्षेत्रका अधिकारीहरूको सहभागिता थियो। पलेशाले पेरिस पारा ओलम्पिकमा तेक्वान्दोको ‘के–४४’ विधाअन्तर्गत कास्य पदक जितेकी थिइन्‚ यो नेपाली खेलाडीको पहिलो ओलम्पिक पदक हो ।