काठमाडौं–पछिल्ला दुई कारोबार दिन उकालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज उच्च अङ्कले घटेको छ। नेप्से परिसूचक ९०.७३ अङ्क (३.२०%) ले घटेर २,७३९.४६ बिन्दुमा पुगेको छ।

आज ३२० कम्पनीका २ करोड ६५ लाख ८४ हजार १९२ कित्ता सेयर १ लाख ३७ हजार १६३ पटक कारोबार हुँदा रु १२ अर्ब ९२ करोड ५६ लाख ८८ हजार २१५ बराबरको कारोबार भयो। सबै समूहका उपसूचकहरू घटेका छन्, जसमा वित्त समूह ५.१५% र होटल तथा पर्यटन समूह ४.७४% ले सबैभन्दा धेरै घटेका छन्।

OM Sai Pathibhara Hospital

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड, विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ, भने कुमारी इक्विटी फण्डको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

कारोबार रकमका आधारमा नेपाल फाइनान्स लिमिटेडको रु ३० करोड ५२ लाख ६१ हजार ३११ बराबरको सेयर किनबेच भयो। कारोबार भएका सेयर सङ्ख्याका आधारमा अपि पावर कम्पनी लिमिटेडका ७ लाख १९ हजार ३३९ कित्ता सेयर कारोबार भएका छन्।