काठमाडौं–नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । अमेरिकी डलरको खरिददर १३४ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६६ पैसा रहेको छ । यूरोको खरिददर १४७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ६४ पैसा छ भने पाउण्ड स्ट्रलिङको खरिददर १७५ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७६ रुपैयाँ ७५ पैसा रहेको छ ।
स्वीस फ्रयाङ्क‚ अस्ट्रेलियन डलर‚ क्यानेडियन डलर‚ जापानी येन‚ चिनियाँ युआन लगायत अन्य मुद्राको विनिमय दर पनि सार्वजनिक गरिएको छ । राष्ट्र बैंकले आवश्यकतानुसार विनिमय दरमा संशोधन गर्न सक्ने र अद्यावधिक दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाएको छ ।