काठमाडौं–नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ६.९० अङ्कले बढेर २,८३० को विन्दुमा पुगेको छ । आज ३२८ कम्पनीको ३ करोड ५ लाख ९९ हजार ८९० कित्ता शेयर खरिदबिक्री हुँदा १३ अर्ब ५७ करोड ७१ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

बढ्ने समूहमा विकास बैंक, होटल तथा पर्यटन, जीवन बीमा, लघुवित्त, र निर्जीवन बीमा समावेश छन्, भने बैंकिङ, वित्त, जलविद्युत्, लगानी, उत्पादन तथा प्रशोधन, म्युचुअल फन्ड, व्यापार, र अन्य समूहमा गिरावट देखिएको छ ।

OM Sai Pathibhara Hospital

सात कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ, जसमा एनएलजी इन्स्योरेन्स, सिन्धु विकास बैंक, मातृभूमि लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक, विन नेपाल लघुवित्त, मानुषी लघुवित्त, र विन्ध्यबासिनी हाइड्रोपावर रहेका छन्। हिमालयन पावर पार्टनर लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै, आठ दशमलव ८६ प्रतिशतले घटेको छ ।