काठमाडौं–बाँकेको नरैनापुर गाउँपालिका–३‚ गेग्लीमा शरीरमा पानीको कमीका कारण एकै परिवारका तीनजना र एक बालकसहित चार जनाको मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेन्द्र श्रेष्ठका अनुसार‚ झाडापखालाका कारण शरीरमा पानीको मात्रा कम हुँदा ७२ घण्टामा चार जनाको मृत्यु भएको हो ।

मृतकका आफन्तका अनुसार‚ उनीहरूको उपचारको अभावमा मृत्यु भएको हो । स्वास्थ्य शाखा प्रमुख नागेन्द्र शाहका अनुसार‚ मृतकले झाडापखालाका लक्षण देखाएपनि समयमा उपचार नगरी‚ जीवनजल र अन्य तरल पदार्थको अभावमा ज्यान गुमाएका छन् ।

OM Sai Pathibhara Hospital

शाहका अनुसार सो क्षेत्रमा झाडापखाला महामारीको रूपमा फैलिएको पुष्टि भएको छैन । यो घटना मौसम परिवर्तनको कारण भएको उनको भनाई रहेको छ । गेग्लीमा स्वास्थ्य शिविर आयोजना गरिएको छ र दुई बालबालिकामा पखाला पुष्टि भएको छ । भेरी अस्पतालमा पनि झाडापखालाका बिरामीहरूको उपचार भइरहेको छ ।