काठमाडौं–आज नेपाली बजारमा अधिकांश विदेशी मुद्राको भाउमा वृद्धि भएको छ। विशेष गरी अमेरिकी डलर र युरोको भाउमा उल्लेखनीय वृद्धि देखिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार, अमेरिकी डलरको खरिद दर एक सय ३३ रुपैयाँ ९८ पैसा र बिक्री दर एक सय ३४ रुपैयाँ ५८ पैसा रहेको छ। सोमबार यो दर क्रमशः एक सय ३३ रुपैयाँ ८९ पैसा र एक सय ३४ रुपैयाँ ४९ पैसा थियो। 

युरोको खरिद दर एक सय ४८ रुपैयाँ २६ पैसा र बिक्री दर एक सय ४८ रुपैयाँ ९२ पैसा पुगेको छ, जबकि सोमबार यसैको दर क्रमशः एक सय ४७ रुपैयाँ ९१ पैसा र एक सय ४८ रुपैयाँ ५८ पैसा थियो। 

OM Sai Pathibhara Hospital

भारतीय रुपैयाँको विनिमय दर भने स्थिर रहँदै एक सय ६० रुपैयाँ खरिद दर र एक सय ६० रुपैयाँ १५ पैसा बिक्री दरमा कायम भएको छ। राष्ट्र बैंकले तोकेको विनिमय दर खुला बजारमा फरक पर्नसक्ने जानकारी दिएको छ।

3th Dollar