काठमाडौं–नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज उच्च अङ्कले उकालो लागेको छ । नेप्सेकाका अनुसार नेप्से परिसूचक १२७.३२ अंकले बढेर २८२३.२५ मा पुगेको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २२.९४ अंकले उकालो लागेर ५०३.८३ मा पुगेको छ।

आज कूल ३ करोड १४ लाख ३० हजार ४८ कित्ता शेयर रु १३ अर्ब १० करोड ४६ लाख ३१ हजार ८०२ मा कारोबार भएको छ ।

OM Sai Pathibhara Hospital

नेशनल हाइड्रोपावर‚ वेस्ट फाइनान्स‚ समृद्धि फाइनान्स‚ प्रोग्रेसिभ फाइनान्स‚ र एनएलजी इन्स्योरेन्स कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ भने लक्ष्मी उन्नति कोष‚ माईखोला हाइड्रोपावर‚ एनआईसी एशिया फ्लेक्स‚ सनराइज फोकस्ड इक्विटी फण्ड‚ र सामुदायिक लघुवित्तका लगानीकर्ताले क्रमशः केही प्रतिशतले गुमाएका छन्।