काठमाडौं–देशभर डेङ्गीका बिरामीको सङ्ख्या पाँच हजार नाघेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा डेङ्गी फैलिएको छ । महाशाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालका अनुसार हालसम्म पाँच हजार पाँच सय ८९ जनामा डेङ्गी पुष्टि भएको छ‚ जसमा तीनजनाको निधन भइसकेको छ ।

गण्डकी प्रदेशमा दुई हजार चार सय ४० जना संक्रमित छन्‚ जुन सबभन्दा बढी हो। उपत्यकामा ६ सय १६ संक्रमित भेटिएका छन् ।

OM Sai Pathibhara Hospital

स्वास्थ्य मन्त्रालयले डेङ्गीको सङ्क्रमण बढेपछि हरेक शुक्रबार सरकारी र गैरसरकारी कार्यालय तथा अस्पताल परिसरमा सरसफाइ अभियान चलाउन आग्रह गरेको छ । सरकारी अस्पतालमा डेङ्गी बिरामीको उपचार खर्च सरकारले व्यहोर्नेछ ।

देशभर हैजाका बिरामी ६८ जना पुगेका छन् । ललितपुरमा ४८‚ काठमाडौँमा ९‚ र कैलालीमा ८ जनामा हैजा पुष्टि भएको छ । हैजा अत्यन्त सङ्क्रामक पखाला हो‚ जसमा चौलानी पानीजस्तो दिसा‚ वाकवाकी‚ र बान्ता हुने लक्षण देखा पर्छ ।