काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले देश अभिभावकबिहीन भएको बताएका छन् । 

शुक्रवार काठमाडौंमा पार्टीको केन्द्रिय सल्लाहकार समितिको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

OM Sai Pathibhara Hospital

नेपाली जनताको मत पाएर बनेका ठूला राजनीतिक दलहरु नै अस्थिरताको कारक रहेको उनको आरोप छ । 

उनले भने, ‘अहिले देश एक प्रकारले अभिभावक बिहीन भएको अवस्थामा छ । नेपाली जनताको मत जसले जसले ठूलो दलको रुपमा प्राप्त गरे, जो अहिले सरकारमा छन् । उनीहरु स्वयं अस्थिरताको कारक छन् ।’

लिङ्देनले आफूले पाएको मौकालाई राजनीतिक दलहरुले  व्यक्तिगत र पार्टीको जीवन शासनलाई चिरस्थायी बनाउने काममा मात्रै लगाएको आरोप लगाए । 

उनले नेपालमा दुई दलीय व्यवस्था परिकल्पना गर्नेकुरा सामान्य कुरा नभएको भन्दै काँग्रेस—एमालेको दुई दलीय शासन सामान्य नरहेको जिकिर गरे । 

राजनीतिक दलहरुले सत्ताको दुरुपयोग गरिरहेको आरोप लगाउदै लिङ्देनले  राप्रपा जस्तो शक्ति अब पनि बलियो नबने देशले अझै कष्ट व्यहोर्नुपर्ने र देश ठूलो दुर्घटनामा जानसक्ने बताए । 

अध्यक्ष लिङदेनले अहिले देश हेर्दा सब ठिकठाक जस्तो लागेपनि भित्रभित्रै देशको परिस्थिति सामान्य नरहेको जिकिर गरे ।