काठमाडौं । अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भुमिका रहेको फिल्म ‘खुस्मा’को गीत ‘रुकुम मैकोट’ गत आइतबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको थियो ।

असोज ३ गते संविधान दिवसको अवसर पारेर प्रदर्शनमा आउन लागेको फिल्मको गीतलाई दर्शकले रुचाएका छन् । यो गीत अहिले युट्युब ट्रेन्डिङको म्युजिक सेक्सन अर्न्तगत ५ नम्बरमा पुगेको छ । यो गीतलाई अहिलेसम्म ५ लाख ३५ हजार भ्युज, २४ हजार लाइक र १ हजार ३ सय बढि प्रतिक्रिया पाएको छ ।

OM Sai Pathibhara Hospital

सार्वजनिक गीतलाई अधिकांशले उत्कृष्ट भनेका छन् । फिल्मको गीत हेर्ने धेरै दर्शकले धिरज र उपासनाको केमेष्ट्री गजव देखिएको बताएका छन् । फिल्मको गीतमा प्रवीन सरु नमका व्यात्तिले लेखेका छन्, ‘यस्तो सुनिरहुँ नाचु नाचु लाग्ने गीत आउँदा त्यसैमाथि अझै मन पर्ने हिरो हिरोइन यो भिडियोमा देख्दा खुसी मनमा उमङ्ग हर्ष बढेर आउने क्या ‘रुकुम मैकोट’ गीत साथै सिनेमालाई अघोर सफलताको शुभकामना ।’

यस्तै, सिनेमाको गीतमा अर्का दर्शक भलजिएमसीले लेखेका छन्, ‘यो हो नि मौलिक भाका, पहिरन र उत्कृष्ट नाचले सुसज्जित ठेट गीत संगीत । गितमा निकै मिठास छ ठ्याक्कै जिब्रोमा झुन्डिने । धिरज र उपासना तारा झैं चम्किला छन । बाँकी साईडका सोल्टी सोल्टीनीहरु पनि कति राम्रा राम्रा हुन । अनि गीतमा अर्का एक कुमार मगर नामका दर्शकले लेखेका छन्, ‘जति हेरेपनी हेरिरहुँ जस्तो लाग्ने गीत अर्गानिक आफ्नै मौलिक भेषभुषा, आफनै संस्कृतको धनी देश नेपाल सारै राम्रो लाग्यो ।’

एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको सिनेमाको लेखन तथा निर्देशन अशोक थापा मगर गरेका हुन् । उनले यसअघि केही डकुमेन्ट्री सिनेमा लेखन तथा निर्देशन गरेपनि यो नै ठुलो पर्दाको पहिलो निर्देशकिय सिनेमा हो । डकुमेन्ट्री सिनेमाबाट निर्देशक थापाले नौ वटा बिभिन्न अन्र्तराष्ट्रिय सिनेमा महोत्सवबाट आवार्ड प्राप्त गरिसकेका छन् ।

सिनेमाको निर्मातामा विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर र बेतान मगर छन्, भने सह९निर्माता सुस्मिता बुढाथोकी हुन् । सिनेमामा दिपक बज्राचार्यको छायांकन रहेको छ । सिनेमाका यसअघि सार्वजनिक गीत र टिजरलाई दर्शकले रुचाएका छन् ।

सिनेमामा धिरज र उपासनाका अलवा माओत्से गुरुङ, खड्क बहादुर पुन ९खबपु०, सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय रहेको छ ।

मगर समुदायको परिवेशमा निर्माण भएको प्रेमकथामा आधारित सिनेमाले जनयुद्धको प्रभावका बीच अंकुराएको प्रेमलाई पर्दामा देखाउने छ । एसडी योगी र छान्जु पार्क (कोरियन)को संगीत, सुरेन्द्र राना, राम अविरल बिष्ट र निर्देशक थापा मगरको गीत रचना रहेको छ । सिनेमाको वितरण गोविन्द शाहीको काफिया फिल्मस्ले गर्नेछ ।